बुटवल-प्रदेश ५ सरकारले सदनमा पेश गरेको राजधानी सार्ने प्रस्तावको विरोधमा बुटवलमा आन्दोलन छ। कांग्रेस र संघर्ष समितिले संसद भवन घेराउको कार्यक्रम राखेका छन्।
उनीहरुको उदेश्य पूरा भएमा सांसदहरु संसद भवन प्रवेश गर्न पाउनेछैनन्। तर, मुख्यमन्त्री शंकर पोखरेलले चलाखी गरेर नेकपा संसदीय दलको बैठक भन्दै सांसदहरुलाई बिहानै सदनमा बोलाएका छन्।
प्रदेश सभा भवन नजिक पेट्रोलियम डिलर्स एशोसिएशनको भवनमा रहेको नेकपा संसदीय दलको कार्यालयमा बैठक भनेर डाकेपनि अहिले कुनै बैठक छैन।
केही सांसदहरु संसदीय दलको कार्यालय पुगेपनि बैठक नभएको पाएपछि गफ चुटेर बसिरहेका छन्। 'बैठक भनेर बोलाइयो तर यहाँ त कुनै बैठक रहेनछ-एक सांसदले भने-हामीहरु यत्तिकै बसिरहेका छौं।'
नेकपाले अरु दलका सांसदहरुलाई पनि सर्वदलीय बैठक भनेर बोलाएको छ।