बुटवल-बुटवलमा सोमबार २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या ४ सय नजिक पुगेको छ। बुटवल उपमहानगरपालिकाका अनुसार सक्रिय संक्रमितको संख्या ३८४ पुगेको हो।
बुटवलमा कुल संक्रमितको संख्या ९३९ रहेको छ। जसमध्ये ५५५ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बुटवलको वडा नं २, ७, १०, ११, १९ मा १-१ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नं ३ र ६ मा ३-३ जना संक्रमित देखिएका छन् भने ४ मा ४, ८ मा ५, १३ मा २, जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए।