बुटवल-रुपन्देहीमा बिहीबार राती एकजना बेपत्ता भएका छन्। शुद्धोधन गाउँपालिका ४ बस्ने ४४ वर्षिय विष्णुप्रसाद नेपाल बुटवलबाट घर फर्कने क्रममा बेपत्ता भएका हुन्।
बुटवल ६ को सोह्रछत्तिस नहर किनारमा नेपालको लु २० प ४०६७ नम्बरको मोटरसाइकल फेला परेको तर उनी सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
राती उनी बुटवलको बसपार्कमा रहेको एक होटलबाट घर जान भनी निस्किएका थिए। उनको खोजी जारी राखेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।