बुटवल–बुटवलमा आइतवार ५ जना संक्रमित थपिएका छन्। बुटवल उपमहानगरपालिकाका अनुसार उनीहरुमध्ये वडा नं ८, १० र ११ मा १–१ जना संक्रमित थपिएका हुन् भने बाँकी २ जनाको ठेगाना खुलेको छैन।
योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या २५२ पुगेको छ। बुटवलमा संक्रमण पुष्टि भएका ५१७ मध्ये २६५ जना संक्रमणमुक्त भएका छन्। ७ जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए।
बुटवलमा स्वाब संकलन भएका ३२१ जनाको रिपोर्ट आउन बाँकी छ।