दाङ–जलाशयमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
डुबेर बेपत्ता भएका युवकको शव २४ घण्टापछि निकालिएको छ । घोराही उपमहानगरपालिका ४ अमारे सोतामा बनाईएको जलाशयमा आइतबार डुवेर बेपत्ता भएका युवकको शव सोमबार प्रहरीले निकालेको हो ।
घोराही ४ गोग्लीका २२ बर्षिय गोपाल सुनार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
निरन्तर खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रभु सुनारले शव निकाल्न सफल भएको प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
प्रहरी जवान सुनारले यस अघि घोराही १७ गुलरीया तालमा डुबेका दुई जनाको शव पनि निकालेका थिए । सुनार आफन्तीको घर भकारेमा आएका बेला साथीहरुसँग पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए ।