बुटवल-रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरभित्र नियमित डायालिसिस गर्नुपर्ने बिरामीको निःशुल्क पीसीआर परीक्षण गराइराखेको छ। डायालिसिस गर्नुपर्ने बिरामीको सहजताका लागि पीसीआर निःशुल्क गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।
उनका अनुसार आइतबारसम्म २५ जना बिरामीलाई सम्बन्धित अस्पतालसँग समन्वय गरी पीसीआर परीक्षणको सुविधा उपलब्ध गराइएको हो। नगरभित्रका अन्य बिरामीलाई समेत अप्ठ्यारो परेको खण्डमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी सुविधा लिन आग्रह गरिएको छ।