बुटवल-सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिने रोहिणी गाउँपालिका वडा नं २ का अध्यक्ष सरोजकुमार पाण्डे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
उनका अनुसार पाण्डेलाई रोहिणी गाउँपालिका वडा नं २ को कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ।