काठमाडौं-निषेधाज्ञाका बीच ललितपुरमा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि तनाब भएको छ। प्रहरी र युवाहरुबीच अहिले झडप भइरहेको छ।
कोरोना भाइरसको महामारीका कारण काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएपछि काठमाडौंमा निषेधाज्ञा जारी छ। निषेधाज्ञाकै बीच युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको हो। युवाहरुले रथ तानेर सडकको बीचमा पुर्याएका छन्।
प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गर्दै प्रदर्शन गरेका थिए। प्रहरीले प्रदर्शनकारीलाई पानीको फोहोरा हान्न ट्यांकर ल्याएपछि युवाहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।
प्रदर्शनकारीले प्रहरीको मोटरसाइकल जलाएका छन्। प्रदर्शन रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ। प्रहरी र स्थानीय युवाहरुबीच झडप भैरहेको छ।