अर्घाखाँची-अर्घाखाँचीमा फेरि लकडाउनको अवधि थप भएको छ। भाद्र २४ गते राती १२ बजे सम्मका लागि लकडाउनको समय अवधि थपिएको हो।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए।
सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि लकडाउन थपिएको उनले बताए।