दाङ-दाङमा एक महिलाकाे शव फेला परेकाे छ। राप्ती गाउँपालिका वडा नम्बर २ काे राप्ती नदीकाे कटाहाघाटमा करिब ४०/४५ उमेरकी एक महिलाकाे शव फेला परेकाे हाे।
नदी किनारमा दाउरा बटुल्न गएका बेला नदी किनारमा तैरिरहेकाे अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मंगाेलियन तथा पहाडी मुलकाे जस्ताे देखिने महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिए।
महिलाको सनाखत गर्ने र कसरी राप्तीकिनारमा मृत अवस्थामा फेला परिन् भन्ने बिषयमा अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक सारूले बताए।