काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। वृद्धि गरिएको मूल्यसँगै काठमाडौं आसपासमा प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ।
डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ। निगमले १ सेक्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ।
यसअघि ३२ साउनमा पनि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। निगमले यतिबेला पेट्रोल डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ वृद्धि गरेको थियो। यतिबेला पनि हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको थियो।