बुटवल-बुटवल उपमहानगरपालिकामा मंगलबार बेलुकासम्म ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बुटवलमा थपिएका ३२ जना हिजो सोमबार रातीदेखिका संक्रमित हुन्।
स्वास्थ्य शाखाका अनुसार वडा नं १ मा १ जना, ३ मा १२ जना, ६ मा ३ जना, ८ मा २ जना, ९ मा १ जना, ११ र १२ मा ३-३ जना, १५ मा १ जना र अन्य ६ जना संक्रमित फेला परेका हुन्।
थपिएका संक्रमितमध्ये ११ जना इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हुन्।