अर्घाखाँची-अर्घाखाँचीको शितगंगा नगरपालिका ५ जुकेनामा सर्पले डसेर आइतबार एकजनाको मृत्यु भएको छ। शितगंगा ५ जुकेना बार्नेआपका अन्दाजी ३५ वर्षीय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइबाट मृत्यु भएको शितगंगा ५ का वडा अध्यक्ष कमल पौडेलले बताए ।
राती सर्पले डसेका उनको समयमा उपचार नहुँदा मृत्यु भएको हो। भौगोलिक विकटताका कारण बेल्वासेलाई आइतबार बिहान मात्रै उपचारका लागि कपिलवस्त गोरुसिंगेको सर्पदंशमा उपचार केन्द्रमा लगिएको थियो।
बिरामीको अवस्था गम्भीर देखेपछि सर्पदंश उपचार केन्द्र गोरुसिंगेले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो। उपचारका लागि बुटवल लैजाँदै गर्दा बेल्वासेको बाटोमै मृत्यु भएको हो।