बुटवल-रुपन्देहीमा आज आइतबार रातीदेखि सकिने निषेधाज्ञाबारे निर्णय गर्न जिल्ला स्तरीय कोभिड –१९ नियन्त्रण तथा रोकथाम केन्द्र रुपन्देहीको बैठक जारी छ।
यसअघि बसेको बैठकले भदौ १४ गते राति १२ बजे सम्म निधेषाज्ञा जारी राख्ने निर्णय गरेको थियो। निषेधाज्ञालाई हालकै अवस्थामा निरन्तरता दिने कि स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा छलफल भैरहेको बैठकमा सहभागी एक जनाले जानकारी दिए।
रुपन्देहीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो। तर रुपन्देहीका सबै स्थानीय तहमा यसको प्रभाव नदेखिएकाले समुदायस्तरमा संक्रमण देखिएका स्थानीय तहमा मात्रै क्षेत्र तोकेर निषेधाज्ञा लगाउनुपर्ने माग उठिरहेको छ।