अर्घाखाँची-अर्घाखाँचीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्। शितगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोलाका ८३ वर्षिय वीर बहादुर रास्कोटी जंगलमा मृत अवस्थामा फेला परेका हुन्।
गत भदौ २ गते दिउँसो गाई हेर्न जंगल गएका रास्कोटी घर नफर्केपछि घरपरिवार र गाउँलेले जंगलमा खोज्न थालेको १० दिनमा उनी मृत फेला परेका हुन्। शुक्रबार उनलाई गाउँलेले जंगलमा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।
सव सडिसकेको र पोष्टमार्टम गर्न नसकिने अवस्थामा रहेकाले मृतकका आफन्त र गाउँलेको रोहबरमा मुचुल्का गरी अन्त्येष्टिका लागि शव आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।