बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रुपन्देही ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले कास्की हिरासतमा रहेका जोशीलाई हवाईजहाजदेखि पोखराबाट रुपन्देही ल्याएको जानकारी दिनुभयो । जोशीलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ ।
सोमबारदेखि नै जोशीको बयान शुरू भएको डीएसपी खनालले बताउनुभयो । उहाँलाई बयान सकिएपछि पुनः पोखरा पठाइने जनाइएको छ ।
संसदीय समितिको कारबाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो ।