बुटवल । बुटवल मिलनचोकस्थित डेल्टा एजुकेशन मार्टमा भीषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिकासँगै अन्य बिभिन्न पालिकाका दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनरीका सामानहरु जलेर नष्ट भएका छन् ।
डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बिभिन्न पालिकाका दमकल, नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।
बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका सञ्चालक घनश्याम पाठकले बताउनुभयो । अझै आगो नियन्त्रणमा आएको छैन ।