पाल्पा । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
पन्तलाई हिजो बेलुका करिब साढे ६ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेला अचानक चट्याङले लागेको थियो । चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।