बुटवल । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा ) का अवसरमा असार ३ गतेका दिन सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’
बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।