बुटवल । रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा शुक्रबार राति भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती साढे १० बजे अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते उनको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको हो। प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३– २००२ प २०३६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा राती पौने १ बजे मृत्यृ भएको प्रहरीले जनाएको छ ।