बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका २ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार ती दुवैजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएको छ।