कपिलवस्तु-कपिलवस्तुमा पुन: निषेधाज्ञाको अवधि थप गरिएको छ। आइतबारदेखि भदौ १५ गतेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हालकै निषेधाज्ञा यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। बैंक तथा वित्तिय संस्था भने बिहान ८ बजे देखि १० बजेसम्म न्यूनतम कर्मचारी राखेर खोल्न सकिने प्रशासनले सूचनामा उल्लेख गरेको छ।