दाङ-५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले घोराही उपमनपा–१० का १८ वर्षीय किशोरलाई जन्मकैद गरेको छ ।
जिल्ला न्यायाधिस रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै जन्मकैद गरेकोमा नावालक रहेको भन्दै जम्मा कैदको दुई तिहाइ कैद मिनाह गरी १६ वर्ष ८ महिना कैद तोकेको अदालतले जनाएको छ ।
ती किशोरले गत कार्तिकमा वालिकालाई बलात्कार गरको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरी जवरजस्ती करणी सम्वन्धि मुद्धा चलाएको थियो ।