गुल्मी–गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेका प्रेमराज पन्थीको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको छ।
अर्खले सदरमुकाम तम्घासबाट नजिकै पर्छ।
घर नजिकै तरकारी संकलन केन्द्रमा राखेको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकलमा बिहीबार राति आगजनी भएको मोटरसाईकलधनी पन्थीले बताए।
घटनाको स्थलगत मुचुल्का गरेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएकोे जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरिक्षक चुडामणी पुनले जानकारी दिए। आगलागीका कारण मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
पीडितका अनुसार असार १७ गते सोही ठाउँबाट मोटरसाइकल निकालेर बाटोमा फालिएको अवस्थामा थियो। एक हप्तापछि आफ्नै बारीको तरकारीको बिरुवामा समेत गोडेर क्षति पुराउने काम भएको स्थानीयले बताए।