बुटवल-प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ। समुुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो। रासस