बुटवल-पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन्। दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव हेटौंडामा फेला परेको कान्तिपुरले जनाएको छ।
उनी सम्पर्कविहिन भएको भन्दै कान्तिपुर र बानियाँको परिवारले प्रहरीमा उजुरी गरेका थिए। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो। उनको शव हेटौंडा अस्पतालमा राखिएको छ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए। त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्।