दाङ-दाङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्य ४ जना नेपाली सेना रहेका छन्। भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा बबई गाउँपालिकाका २ जना पुरुष र एक जना महिला गरि ३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
नेपाली सेनाको तुलसीपुर स्थित बाहिनीमा तालिमका लागि आएका सेनाहरुको स्वाब परिक्षणका क्रममा दाङका ४ जनामा कोरोना संक्रमण देखिएको छ। तुलसीपुर उपमहानगरपालिका ठेगाना भएका ३ जना र लमही नगरपालिका ठेगाना भएका एक जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको हो।
तर उनीहरु बाहिरी जिल्लामा कार्यरत रहेको र तालिमका लागि तुलसीपुर बाहिनीमा आएको नेपाली सेनाले जनाएको छ। संक्रमित सबैलाई आइसोलेशनमा पुर्याईएको छ।