बुटवल-रुपन्देहीमा साथीभाईबीच ख्यालठट्टामै उचालेर पछारेका एक व्यक्तिको मृत्यु भएको छ।
सियारी गाउँपालिका वडा नं ३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई ख्यालठट्टा गर्दै उचालेर पछार्दा गम्भीर घाइते भएका थिए। उनले मादक पदार्थ सेवन गरेका थिए।
पछारिँदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।
गम्भीर घाइते भएका उनको उपचार नपाएर मृत्यु भएको प्रहरीले बताएको छ। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान नसक्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।