दाङ-दाङमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी राजु चौधरीको छोरा ७ बर्षको आयुश चौधरी र सोही ठाउँकै दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार दुबै बालक शुक्रबार बिहान साढे ९ बजेतिर खेल्ने क्रममा स्थानीय कुलोमा डुबेका थिए। डुबेर अचेत अवस्थामा उद्धार गरिएका दुबै बालकलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए।