बुटवल-अर्घाखाँचीमा बँदेल मार्न थापेको पासोमा परेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीका अनुसार सन्धिखर्क नगरपालिका वडा नं. ५ को रिङदीमा एम्बुसमा परेर छत्रदेव गाउँपालिका ३ बल्कोटका अन्दाजी ५० वर्षिय तुल्सीराम पाण्डेको मृत्यु भएको हो।
बल्कोट घर भएका पाण्डे रिङ्दीमा बस्दै आएका थिए। बदेल मार्नका लागी आफै थापेको पासोमा परेर पाण्डेको मृत्यु भएको प्रहरीले बताएको छ।
मकै जोगाउनका लागि बदेल मार्न बुधबार राती एम्बुस थापिएको हुनसक्ने प्रहरीले जनाएको छ।