बुटवल-नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलामले संस्स्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । खसेको कुल एक हजार ७६५ मतमध्ये कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरे ।
यस्तै दुई जना उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, दुई सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।
जिल्ला कार्यसमिति समितिको पदाधिकारी र सदस्यमा रामचन्द्र पौडेल प्यानलको वर्चश्व रहेको छ ।