बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका प्रदीप उदय निर्वाचित भएका छन्।
राप्रपाको दुईदिनसम्म भैरहवामा चलेको प्रथम प्रदेश अधिवेशनमा भएको निर्वाचनमा २ सय ५६ मत प्राप्त गरी उदय अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार बाँकेका ऋषिराज देवकोटाले १९४ मत प्राप्त गरे।
प्रमुख निर्वाचन अधिकृत दिलिपकुमार मल्लिकका अनुसार ५२४ मतदाता रहेकामा ४८४ मत खसेको र ३४ मत बदर भएको थियो।
अधिवेशनबाट ३२ जना प्रदेश सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका छन्। प्रदेश सदस्यहरूमा रुपन्देहीका राजेन्द्र अधिकारी, सब्बीर अली पठान, दीपक कुमार पाण्डेय, विश्वप्रकाश श्रेष्ठ, बर्दियाका भूमिदत्त उपाध्याय, प्रभा केसी, नरबहादुर नेपाली, धर्मराज शाह, कपिलवस्तुका दीपक रजौरिया, सइद अहमद शाह, कनिज फातमा र बाँकेका मनोज सुनार, विजय लक्ष्मी क्षेत्री, वृृजेश बहादुर सिंह, विष्णु सिंह ठकुरी, तिलक बहादुर शाही, देवेन्द्र किरण श्रीवास्तव निर्वाचित भएका छन्।
यस्तै पाल्पाका भोजेन्द्र बहादुर कुँवर, तेजप्रसाद पाण्डे, दाङका भुपाल रावत, प्याउली के।सी।, हिरालाल खड्का, गेहेन्द्र बहादुर बस्नेत, गुल्मीका युवराज राना, हिमालय केसी, यज्ञराज पाण्डे, अर्घाखाँचीका सुजन परियार, नवलपरासीका मनोहर रायमाझी, खेमराज खरेल, देवविक्रम शाह, प्यूठानका सुरज घिमिरे र सूर्य बहादुर पुन सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मल्लिकले बताए।
राप्रपाको विधानअनुसार अध्यक्षले २५ प्रतिशत सदस्य मनोनित गरेपछि बस्ने पूर्ण बैठकले प्रदेश समितिका पदाधिकारी चयन गर्ने व्यवस्था छ।