काठमाडौं । पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उडन्ते कुरा नगर्न आग्रह गरेका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाएको भनेर प्रश्न गरेका थिए।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काउँदै बेलायत पढ्न पठाएको कुरा प्रमाणित गर्न ओलीलाई चुनौति दिएका छन्।
उनले भनेका छन्, "मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन।हाम्री छोरी मानुषी ७बर्षको उमेरमा जनयुद्धपूर्व२०४९-५१मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन्।त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न!"