काठमाडौं। आफू बेलायत जाने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्।
गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ।
यसपालि प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नै नियुक्त गरेका छैनन्। मन्त्रिपरिषदमा प्रधानमन्त्री देउवापछि बरियताक्रममा गृहमन्त्री खाणलाई राखिएकोले उनलाई नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा दिइएको हो।