काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए।
उनका अनुसार शाक्यले विश्वासको मत लिने प्रक्रियामा प्रवेश नै नगरी राजीनामा दिने निश्चित भएको हो ।
शाक्य २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । २४ असोजमा शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि लागि प्रदेशसभामा प्रस्ताव पेस गरेकी थिइन् । त्यसयता विपक्षी गठबन्धनमा मुख्यमन्त्रीको उम्मेदवारबारे विवाद भएपछि शाक्यको सत्ता लम्बिएको थियो ।
बुधबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन हुने बताइएको थियो ।