बुटवल । सोमबारका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका बोलाइएको बैठक स्थगित गरिएको हो ।
सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा सोमबार बोलाइएको बैठक स्थगित गरिएको बताए ।
अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ । यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाएपनि सूर्य चिन्हबाट चुनाव लडेका तर हाल सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।