रुपन्देही । नेकपा एमालेको शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित भएकी छन्। विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गरिरहेकी चौधरी अहिले अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव पनि रहेकी छन्।
त्यस्तै सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् ।