बुटवल। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम खारेज भएको छ। प्रदेश सभामा प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त कार्यक्रम खारेज भएको बताएका हुन्।
उक्त कार्यक्रमलाई 'मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम'का रुपमा कार्यान्वयन गरिने उनले बताए। तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सुरु गरेको यस कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए।