बुटवल। लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सेवालाई प्रभावकारी गराउन क्याथल्याब निर्माण गर्ने भएको छ।
प्रतिस्थापन विधेयकमार्फत् प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले क्याथल्याब निर्मण गर्न १० करोड रुपैयाँ बिनियोजन गरिएको जानकारी दिए।