बुटवल। लुम्बिनी प्रदेश सभाको बैठक प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ।
अहिले ४ बजेदेखि शुरु भएको नवौं अधिवेशको सातौं बैठक एमालेले बहिस्कार गरेको हो।
बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन्।
यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो। पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामूखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ।