बुटवल। लम्बिनी प्रदेश सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ। पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिदैं नाराबाजी गरेको हो।
अहिले एमालेको नाराबाजीका बीच प्रदेश सभा बैठक अगाडी बढिरहेको छ।