काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मन्त्रिपरिषदमा आफ्नो भागबाट पनि एक जना मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गर्ने बताएका छन्।
सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग आज बिहान भएको भेटमा प्रधानन्याधीश जबराले त्यो कुरा 'जोक' भएको बताए। उनले भने- 'अब जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो । अर्को गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ! उसलाई मैले बनाउनुपर्छ र !’ उनले अघि भने, ‘मैले बनाएर बन्ने हुन्छ र ?’