बुटवल। लुम्बिनी बाणिज्य क्याम्पसको हाताभित्र टिकटक बनाउन नपाइने गरी क्याम्पस प्रशासनले निषेध गरेको छ।
आज एक विज्ञप्ती जारी गर्दै क्याम्पसले टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनैपनि गतिविधि गर्न निषेध गरेको हो।
क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले त्यस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने बताए।
उनले भने-"लुम्बिनी वाणिज्य क्याम्पस हाताभित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता प्रविधि प्रयोग गरी कुनै पनि गतिविधि गर्न निषेधित गरिएको हुँदा अन्यथा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।"