बुटवल-नेपाली कांग्रेसको १४औ महाधिवेशनअन्तरगत शनिबार भएको गाउँनगर अधिवेशनअन्तरगत रुपन्देहीको बुटवल उपमहानगरपालिकामा भएको निर्वाचनमा सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्।
उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा गंगा पन्थी र छायाँ पोखरेल, सहसचिवमा गणेश घिमिरे र देवलाल अर्गली विजयी भए। यीमध्ये सहसचिवमा विजयी हुने घिमिरेबाहेक सबै पाण्डेको प्यानलका हुन्।
पाण्डे पार्टी नेता रामचन्द्र पौडेल निकट हुन् भने पराजित केसी पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।
बुटवल उपमहानगरसमितिको निर्वाचनको अन्तिम परिणाम
सभापति
खेलराज पाण्डेय : ४१२
रीता केसी: १२४
उपसभापति
ज्योति भण्डारी ४०३
हितमान पुन २८२
नर बहादुर रजाली २३८
हरिलाल सुनार १०२
सचिव
गंगा पन्थी ३०७
छाया पोखरेल २९४
जय प्रकाश भट्टराइ २३९
सन्तोष पौडेल १४८
सहसचिव :
देवलाल अर्गली २९७
पुरोषोत्तम खनाल २६९
गणेश घिमिरे ३००
सूदन बास्कोटा १६६