बुटवल-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा देवदह नगरपालिकाको सभापतिमा पक्षका गुणाखर भुर्तेल १०३ मतसहित बिजयी बनेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन्।
उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन। पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादब ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका हुन।
यस्तै सचिवमा पौडेल पक्षका गणेश तिमिल्सिना १०० र देउवा पक्षका नेत्रलाल रिजाल १०२ मतसहित बिजयी बनेका हुन। सह सचिवमा भने दुबै पौडेल पक्षका बिजयी भएका हुन। मिलन मास्के राना ११७ र बैरागी थारु १०४ मतसहित बिजयी भएका हुन।