बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सभापतिको लागि कृष्णप्रसाद पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार सैनामैना नगरपालिकाको कलौनीमा आयोजित उम्मेद्वारी घोषणा सभामा सभापतिका उम्मेदवार पोख्रेलले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे । पोख्रेलले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।
यस्तै उपसभापति निलप्रसाद थापा र मिना श्रेष्ठ, सचिवमा सुवास पौडेल र कृष्ण कंडेल सहसचिवमा सुरेश परियार र श्यामप्रसाद अधिकारीले पनि उम्मेद्वारी घोषणा गरेका हुन् ।