काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकबाट पार्टीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।
पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई चयन भएका छन् ।
त्यस्तै उपमहासचिव तीन जना चयन भएका छन् । जसमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल रहेका छन् ।
त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।