बुटवल-पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ।
ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई आज बिहान मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।
विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ।