काठमाडौ-ठगी गरेको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको जानकारी दिए । उनले थप विवरण संकलनको काम भइरहेको बताए ।
विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै क्षेत्रीले चार करोड रुपयाँ माग गरेकाे बताइएकाे छ । क्षेत्री यसअघि ठूलो भूकम्प आउने अफवाह फैलाएको आरोपमा पनि पक्राउ परेका थिए ।