बुटवल-बुटवलमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्।
बुटवल–११ बुद्धनगरस्थित पक्की पुल मुनि पैदल हिँड्दै गर्दा मंगलबार साँझ ७ बजेतिर लडेर नदीमा बगेका अन्दाजी ६० वर्षका पुरुष बेपत्ता भएका हुन् ।
उनी बुधबार मध्यान्हसम्म फेला नपरेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका उनको मंगलबार साँझदेखि रातिसम्म र बुधबार बिहानैदेखि १२ जना प्रहरीले खोजी गरेपनि फेला पार्न नसकेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनको नाम ठेगाना खुल्न सकेको छैन ।